मच्छिन्द्रलाई हराउँदै अफ्रिकन रूट आहा रारा गोल्ड कपको सेमिफाइनलमा

  फरकसन्देश || २०७७ चैत २२ आइतबार 06:44 PM

काठमाडौं : मच्छिन्द्र क्लबलाई २-१ को नतिजामा पराजित गर्दै अफ्रिकन रूट एसोसिएसन आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपको १९औं संस्करणको दोस्रो क्वार्टरफाइनलमा ए डिभिजन लिगको विजेता मच्छिन्द्रलाई हराउँदै अफ्रिकन रूट प्रतियोगिताको अन्तिम आठमा पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलको २३औं मिनेटमा मौसाले गरेको गोलसँगै अफ्रिअन रूटले अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले अगाडि रहेको रूटले दोस्रो हाफमा पुन: गोल थपेको थियो । निर्धारित समयको खेल सकिन ६ मिनेट बाँकी रहँदा एनजिमीले गरेको गोलसँगै अफ्रिकन रूटले अग्रता दोब्बर पारेको थियो ।

खेलमा फर्किने निरन्तर प्रयास गरेको मच्छिन्द्रले इन्जुरी समयमा एक गोल फर्काएको थियो । सुनिल बलको पासमा मच्छिन्द्रका फरवार्ड अभिषेक रिजालले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन ।

जितसँगै सेमिफाइनलमा पुगेको अफ्रिकन रूटले फाइनल प्रवेशका लागि थ्री स्टार क्लब र नेपाल पुलिस क्लबको विजेतासँग मंगलबार खेल्नेछ ।

यसअघि शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १-० ले पराजित गर्दै नेपाल एपीएफ क्लब सेमिफाइनलमा पुगिसकेको छ । भोलि हुने खेलमा संकटा क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

कूल ८ टोली सहभागी प्रतियोगिताको फाइनल २८ गते हुनेछ भने विजेताले १० लाख रूपैयाँ र उपविजेताले ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]