
पत्रकार महासंघ दोलखाको अध्यक्षमा चौलागाईं निर्वाचित
फरकसन्देश || २०७७ चैत २६ बिहिबार 04:57 AM
Tweet

काठमाडौं : नेपाल पत्रकार महासंघ दोलखाको अध्यक्षमा दिपशंकर चौलागाईं निर्वाचित हुनुभएकाे छ । प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी माधव नेपाल समूहको गठबन्धनबाट अध्यक्षका प्रत्यासी चौलागाईं निर्वाचित हुनुभएकाे हाे ।
अध्यक्षमा निर्वाचिन चौंलागाईं प्रेस युनियन निकट हुनुहुन्छ भने उपाध्यक्षमा प्रेस चौतारी माधव नेपाल समूहका श्रीजनकुमार घिमिरे निर्वाचित हुनुभएकाे छ ।
त्यस्तै महिला उपाध्यक्षमा सिर्जना खड्का (प्रेस संगठन), सचिवमा दिलबहादुर केसी (प्रेस संगठन) र कोषाध्यक्षमा नवीन खतिवडा (प्रेस चौतरी नेपाल समूह) निर्वाचित हुनुभएकाे छ ।
