सत्ता समीकरणबारे छलफलका लागि देउवाले बोलाए तीन दलको बैठक

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 08:44 PM

काठमाडौं : सत्ता समीकरणको छलफलका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई बोलाउनुभएकाे छ । सभापति देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाउनुभएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयाे ।

माओवादी र जसपासँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसको ठीक एक सातापछि शुक्रबार देउवाले माओवादी केन्द्र र जसपासँग छलफल गर्न लाग्नुभएकाे छ ।

एमाले बाहेकको​ सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र जसपाबीचको सहकार्य अनिवार्य छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]