पत्रकार महासंघ चुनावः १७ जिल्लाको परिणाम आउँदा युनियन १०, चौतारी ५

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 05:34 AM

काठमाडौं : नेपाल पत्रकार महासंघको तीनै तहका लागि बिहीबार भएको मतदानको मतगणना जारी छ। अपरान्ह ५ बजे मतदान सकिएसँगै मतगणना शुरु भएको हो। १७ जिल्लाबाट जिल्ला शाखाको अन्तिम मत परिणाम आएको छ। यस्तै दुई पदमा केन्द्रीय समितिको पनि खाता खुलेको छ। एसोसिएट्स केन्द्रीय सदस्यको अन्तिम परिणाम आएको हो। एसोसिएट्सबाट केन्द्रीय सदस्यमा कृति भट्टराई र विकास कार्की निर्वाचित हुनुभएकाे छ।

जिल्ला शाखाको मत परिणामअनुसार ईलाममा प्रेस युनियनका विप्लव भट्टराई, रौतहटमा प्रेस चौतारीका प्रेमचन्द्र झा, तेह्रथुममा प्रेस युनियनका अमृत बाँस्तोला, जाजरकोटमा प्रेस युनियनका बालकुमार शर्मा, गोरखामा प्रेस युनियनकै नरहरि सापकोटा अध्यक्षमा विजयी हुनुभएकाे छ। अछाममा युनियका खम्बबहादुर खत्री, सल्यानमा युनियनकै नवीन पौडेल, गुल्मीमा प्रेस चौतारीका टोपलाल अर्याल, प्युठानमा युनियनकै सञ्जय रिजाल र डोटीमा पनि युनियनकै मोहन शाही अध्यक्षमा विजयी हुनुभएकाे छ। अछाम र डोटीमा युनियनको एकल प्यानल थियो भने अन्य जिल्लामा गठबन्धन थियो।

यस्तै पर्वतमा पनि चौतारीका सन्तोष थापा विजयी हुनुभएकाे छ। उता रुकुम पश्चिममा युनियनका लक्ष्मण केसी विजयी हुनुभएकाे छ भने सिराहमा मनोज बनौता विजयी हुनुभएकाे छ।

मुस्ताङमा प्रेस चौतारीका सुन्दरकुमार थकाली, ताप्लेजुङ प्रेस चौतारी आनन्द गौतम र कालिकोटमा भरतराज विष्ट अध्यक्षमा विजयी हुनुभएकाे छ। हालसम्म युनियनबाट विजयी हुनेको संख्या १० पुगेको छ। हालसम्म चौतारीबाट जित्नेको संख्या ५ पुगेको छ। यी मध्ये चारजना माधव नेपाल निकट चौतारीका उम्मेदवार हुनुहुन्छ। पर्वतका थापा ओली निकट चौतारीका उम्मेदवार हुनुहुन्छ।

यस्तै एसोसिएट प्रदेशको पनि चुनावी परिणाम आएको छ। एसोसिएट प्रदेशको अध्यक्षमा प्रेस युनियनकै बैकुण्ठराज पराजुली विजयी हुनुभएकाे छ। प्रदेश समिति र केन्द्रीय समितिको भने जिल्ला जिल्लामा मत गणना भए पनि सबै मत जोड्न नसक्दा कुन उम्मेदवारले कति मत ल्याए भन्ने यकिन हुन सकेको छैन। जिल्ला शाखामा आएको परिणामले प्रेस युनियनले अग्रता लिइरहेको छ।

प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल समूह निकट प्रेस चौतारी,लगायत ११ संगठनको एक प्यानल चुनावी मैदानमा छ भने प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली निकट प्रेस चौतारी अर्को प्यानल बनाएर चुनावी मैदानमा छ। देशभर यी दुई प्यानलका उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा देखिएको छ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]