पत्रकार महासंघ काभ्रेको अध्यक्षमा तिमल्सिना निर्वाचित

  फरकसन्देश || २०७७ चैत २६ बिहिबार 05:08 AM

काठमाडौं : नेपाल पत्रकार महासंघ काभ्रेको अध्यक्षमा प्रेस युनियनका बद्रीप्रसाद तिमल्सिना र सचिवमा युनियनकै कपिल कोइराला निर्वाचित हुनुभएकाे छ । त्यस्तै उपाध्यक्षमा विनोदकुमार न्यौपाने निर्वाचित हुनुभएकाे छ । महिला उपाध्यक्षमा सुनिता सापकोटा निर्वाचित भएकाे छ भने समावेशी सहसचिवको मत बराबर झरेको छ ।

समावेशी सहसचिवका जगतमान बल र रोजन तामाङले ५९–५९ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै सहसचिव खुल्लामा सरोज अधिकारी निर्वाचित हुनुभएकाे छ । काभ्रे शाखामा अध्यक्ष र सचिवमा युनियनले जित हासिल गरेपनि बहुमत सदस्य प्रेस चौतारीबाट निर्वाचित भएको जनाइएको छ ।   

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
कनकाई–३ झापा, प्रदेश १, नेपाल
+९७७-९८५११४४५०४
+९७७-९८०१०४४५०४
[email protected]
[email protected]

फरकसन्देश प्रा‍‌. लि.
अध्यक्ष/प्रधान सम्पादक - सराेज रिजाल

सुचना बिभाग दर्ता नं. ११२३ / ०७५–७६

 कनकाई–३, झापा, प्रदेश १

pharaksandesh.com

+977-9851144504

[email protected]