
कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोर पक्राउ
फरकसन्देश || २०७७ चैत २५ बुधबार 05:25 AM
Tweet

काठमाडौँ : कलाकारहरुको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसूर गरेको आरोपमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पर्सा बहुदरमाइ नगरपालिका- ५ बस्ने १४ वर्षीय बहुदरमाइ (नाम परिवर्तन) रहेका छन् ।
पक्राउ परेका उनीमाथि पर्सा प्रहरी कार्यालयले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
यसअघि कलाकार सरोज खनाल, दीपाश्री निरौला लगायतका फेसबुक एकाउण्ट ह्याक भएको थियो।
