छात्रामाथि याैन दुर्व्यवहार गरेकाे आराेपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 12 January 2021

छात्रामाथि याैन दुर्व्यवहार गरेकाे आराेपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ


काठमाडाैँ, २८ पुस :
काठमाडाैँकाे प्रदर्शनी मार्गमा रहेको रत्नराज्य (आरआर) लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु आचार्य यौन दुर्व्यवहारकाे आरोपमा पक्राउ परेका छन् ।

एक छात्राले आफूमाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएको छ । पक्राउ परेका आचार्यविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ ।

प्राध्यापक आचार्यले छात्रालाई यौनजन्य सन्देश पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.