किम जोङले भने, ‘अमेरिका हाम्रो सबैभन्दा ठूलो शत्रु’ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 9 January 2021

किम जोङले भने, ‘अमेरिका हाम्रो सबैभन्दा ठूलो शत्रु’


काठमाडाैँ, २५ पुस :
उत्तर कोरियाली शासक किम जोङ उनले अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रु भनेका छन् ।

किमले उत्तर कोरियाको राजधानी प्योङयाङमा सत्ताधारी वर्कर्स पार्टीको एक महत्वपूर्ण बैठकलाई सम्बोधन गर्दै अमेरिकालाई आफ्नो शत्रु भनेका हुन् । सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार किमले ह्वाइटहाउसमा जो आए पनि अमेरिकाको शत्रुतापूर्ण व्यवहार नबदलिने बताएका छन् ।

किमले अबको आफ्नो राजनीतिक गतिविधि अमेरिकालाई दबाउनेतर्फ हुनुपर्ने पनि बताएका छन् । उनले अमेरिका उत्तर कोरियाको विकासमा बाधक भएको भन्दै अमेरिकालाई सबैभन्दा ठूलो शत्रुको संज्ञा दिएका छन् । किमको यो भनाइ अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडनको लागि एक चुनौति हुने बीबीसीले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.