४१ अङ्कले बढेसँगै नेप्सेले २२ सय विन्दु पार गर्‍याे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 10 January 2021

४१ अङ्कले बढेसँगै नेप्सेले २२ सय विन्दु पार गर्‍याे


काठमाडाैँ, २६ पुस :
शेयर बजार परिसूचक नेप्सेले २२ सय विन्दु पार गरेको छ । पछिल्लो एक महिनादेखि पटक–पटक रेकर्ड तोड्दै आएको नेप्से आइतबार ४१ दशमलव २४ अङ्कले बढेर २ हजार २ सय ३५ दशमलव ७२ विन्दुमा पुगेको छ ।

आइतबार जीवन बीमाबाहेक अरू सबैजसो समूहको शेयर बढेको छ । बैंक समूहको शेयर ५९ अङ्कले, विकास बैंकको ८८ अङ्कले, व्यापारको ७८, होटलको २०, जलविद्युतको १६, उत्पादनको २५ र माइक्रोफाइनान्स समूहको शेयर २१ अङ्कले बढेको छ ।

आइतबार दुई सय सात कम्पनीका एक करोड ५० लाख ३० हजार कित्ता शेयर ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंककाे ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स, नारायणी विकास बैंक, कुमारी बैंकलगायत ६ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि निर्धन उत्थान लघुवित्तका लगानीकर्ताले चार प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.