सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 12 January 2021

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा


डोटी, २८ पुस :
सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको छ । 

भिन्न ठाउँ र समयअनुसार त्यहाँका नौवटै जिल्लामा मनाइने पर्वको अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले मौलिक तथा सांस्कृतिक पर्व भुवा मनाउन बिदा दिने निर्णय भएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम मन्त्रिपरिषद् बैठकले भुवा पर्वमा वर्षेनि सार्वजनिक बिदा दिँदै आएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.