आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 11 January 2021

आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति


पाँचथर, २७ पुस :
पाँचथरको कुम्मायक गाउँपालिकामा भएको आगलागीबाट ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

कुम्मायक गाउँपालिका वडा नम्बर १ का तेजबहादुर थापाको गोठबाट सल्किएकाे आगाेले डिकबहादुर थापा र तेजबहादुरकाे घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीबाट तेजबहादुरको फुसको छानो भएको तीन तले घर, दुई तले भान्छा घर, एक तले गाेठ, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।

यस्तै आगलागीबाट डिकबहादुरको फुसको छानो भएको तीन तले घर, एक तले गाेठ, एउटा भेडा, नगद, गरगहना र अन्नपात समेत जलेर नष्ट भएकाे छ । स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले आगलागी भएको ३ घण्टापछि आगाे नियन्त्रणमा लिएका थिए ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.