बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 12 January 2021

बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ


काठमाडाैँ, २८ पुस :
प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छिन् । 

कलाकारहरुले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडाैँले जनाएको छ । 

जिल्ला अदालत काठमाडाैँ पक्राउ अनुमति पाएपछि रेग्मीलाई पक्राउ गरिएकाे प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताउनुभयो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.