पूर्वउपसचिव केसी होटेलमा मृत फेला - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 12 January 2021

पूर्वउपसचिव केसी होटेलमा मृत फेला


हेटौँडा, २८ पुस :
हेटौँडा– ४ मेनरोडस्थित तीनतारे होटेल सामनामा नेपाल सरकारका पूर्वउपसचिव मृत फेला परेका छन् । 

सोमबार बिहान ओलखढुंगा स्थायी ठेगाना भई हाल भक्तपुर बालकोट बस्ने ६० वर्षीय नेपाल सरकारका पूर्वउपसचिव लेखजंगध्वज केसीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

महालेखा नियन्त्रक कार्यालयबाट अवकाशप्राप्त पूर्वउपसचिव केसी १२ पुसदेखि सामनामा बस्दै आउनुभएकाे थियाे । 

केसी हेटौँडा सिमेन्ट उद्योगको लेखा परीक्षणका लागि हेटौँडा आएका उहाँसहित तीनजना होटेलको दुईवटा कोठामा बस्दै आउनुभएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयाे ।

दीर्घरोगी रहनुभएका केसीले बेलुका मादक पदार्थ सेवन गरेर सुतेको र बिहान मृत भेटिएको प्रहरीको अनुसन्धानबाट खुलेको डिएसपी रानाले जानकारी दिनुभयाे । 

‘सँगै बस्दै आएका साथीसँग सोधपुछ गर्दा उहाँले गएराति मादक पदार्थ सेवक गरेको बुझिएको छ,’ रानाले भन्नुभयाे, ‘शवको प्रकृति हेर्दा प्राकृतिक मृत्यु देखिएको छ । परिवार आएपछि पोस्टमार्टम गरिनेछ ।’

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.