नेपाललाई 'स्पुतनिक–भी' खोप उलपब्ध गराउन रुस इच्छुक - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 13 January 2021

नेपाललाई 'स्पुतनिक–भी' खोप उलपब्ध गराउन रुस इच्छुक


काठमाडाैँ, २९ पुस :
रुसले कोरोना भाइरस विरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।

रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । स्पुतनिक भी खोप रुसले विकास गरेको खोप हो । यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशले प्रयोग गर्न थालिसकेका छन् ।

यो खोप ५० भन्दा बढी देशले झण्डै डेढ अर्ब डोज माग गरिसकेका रुसले जनाएको छ । रुसले स्पुतनिक–भी खोपको चिकित्सकीय परीक्षण गर्दा ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी रुसले गरेको छ । खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर पर्ने रुसले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.