कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने, विरोधमा परेको रिट सर्वोच्चले खारेज गर्‍याे - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 13 January 2021

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने, विरोधमा परेको रिट सर्वोच्चले खारेज गर्‍याे


काठमाडाैँ, २९ पुस :
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

नयाँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालसमेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो । अब भने सर्वोच्चले रिट नै खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

रिट खारेज भएसँगै विद्यालयस्तरमा नयाँ पाठ्यक्रमअनुसार पढाउने वा पुरानाेअनुसार पढाउने भन्ने द्विविधाकाे अन्त्य भएकाे छ । 

सरकारले २०७६ सालको फागुनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.