सिटी सफारी दुर्घटनामा वृद्धाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 12 January 2021

सिटी सफारी दुर्घटनामा वृद्धाको मृत्यु


विराटनगर, २८ पुस  :
विराटनगर महानगरपालिका–६ सरोचीयामा मंगलबार दिउँसो भएको सिटी सफारी दुर्घटनामा परेर एक वृद्धा महिलाको मृत्यु भएको छ । दुर्घटनामा विराटनगर–१६ की ६८ वर्षीया वृद्धा प्रभा पोखरेलको ज्यान गएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईकाअनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरेलको उपचारका क्रममा दिउँसो १:३० बजेतिर न्युरो अस्पतालमा मृत्यु भयो ।सडकमा तीव्र गतिमा गुडिरहेको मोटरसाइकलाई बचाउने क्रममा सिटी सफारी दिउँसो १ बजेतिर पल्टिएर खाल्डोमा परेको प्रहरीले जनाएको छ । त्यस क्रममा सफारीमा यात्रा गरिरहेकी वृद्धा घाइते भएकी थिइन् । 

प्रहरीले सफारी चालक सुनसरीको बर्जु गाउँपालिका–२ का ३० वर्षीय कृष्णकुमार साहलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.