दूरदृष्टि व्यक्तित्वका रुपमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिंदै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 11 January 2021

दूरदृष्टि व्यक्तित्वका रुपमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिंदै


काठमाडाैँ, २७ पुस :
आज पुस २७ गते, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

यसै अवसरमा सिंहदरबार पश्चिम मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उहाँको योगदानको स्मरण गरिने कार्यक्रम छ ।

वि सं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उहाँको प्रशंसा हुँदै आएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.