आँखै अगाडि संविधान र गणतन्त्रमाथि भएकाे प्रहार हेरेर बसिरहन सकिनँ : प्रचण्ड - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 13 January 2021

आँखै अगाडि संविधान र गणतन्त्रमाथि भएकाे प्रहार हेरेर बसिरहन सकिनँ : प्रचण्ड


काठमाडाैँ, २९ पुस :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ७० वर्षभन्दा धेरै समयदेखिको सङ्घर्ष र बलिदानबाट प्राप्त भएको लोकतन्त्र धरापमा परेको बताउनुभएको छ । आफैले बनाएको प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लामो समयदेखिको सङ्घर्षपछि प्राप्त भएको संविधान नै धरापमा परेको दाहालले बताउनुभयो ।

प्रज्ञा भवन कमलादीमा भएको काठमाण्डौ जिल्लास्तरीय भेलामा अध्यक्ष प्रचण्डले लोकतन्त्र र संविधानमाथि आक्रमण भएकाले त्यसको रक्षाका लागि आफूहरू सडकमा आएको बताउनुभएकाे हाे । 

उहाँले लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी आफूहरूको काँधमा आएको भन्दै देश र नागरिक सामु देखिएका सङ्कट समाधानका लागि एकजुट हुन सबैसँग आग्रह गर्नुभयो । आफ्नै आँखा अगाडि निरङ्कुश ढङ्गले संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भएकाले आफूले त्यसलाई हेरेर बसिरहन नसकेको दाहालकाे भनाइ छ । 

निकै धेरै कसरतपछि मात्रै पार्टी एकताको घोषणा भएको भन्दै उहाँले पार्टी एकता हुनुभन्दा पहिले विचार र राजनीतिक कार्यदिशाका बारेमा धेरै चरणमा बहस भएको स्मरण गर्नुभयो । मदन भण्डारी र नागरिककाे बहुदलीय जनवाद, माओवादी आन्दोलन र २१ औँ शताब्दीकाे जनवादबारे एकताअघि निकै छलफल भएको र केपी ओलीसहित आफूले हस्ताक्षर गरेको उहाँले बताउनुभयो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.