लोकसेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि माग्यो आवेदन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 13 January 2021

लोकसेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि माग्यो आवेदन


काठमाडाैँ, २९ पुस :
लोक सेवा आयोगले नायब सुब्बा पदमा आठ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ ।

आयोगले सातवटै प्रदेशमा गरी आठ सय ४३ जनाको लागि आवेदन मागेर विज्ञापन प्रकाशन गरेको हो । माग गरिएका पदहरुमध्ये खुल्लाबाट चार सय ११ तथा ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट चार सय ३२ जनाको पदपूर्ति गर्ने आयोगले जनाएको छ ।

आवेदन दिने समय आगामी माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख छ । आयोगले परीक्षाको मिति भने पछि तोक्ने जनाएको छ । कोरोना महामारीका कारण लोकसेवा आयोगको परीक्षा नहुँदा परीक्षाको तयारी गरिरहेकाहरु निराश बनिरहेका बेला पछिल्लो समय आयोगले विज्ञापन प्रकाशन गर्न थालेको हो । यस अघि शाखा अधिकृत पदका लागि पनि विज्ञापन गरेर आवेदन संकलन गरिरहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.