सुनचाँदी व्यवसायी महासङ्घकाे अध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 11 January 2021

सुनचाँदी व्यवसायी महासङ्घकाे अध्यक्षमा माणिकरत्न शाक्य निर्वाचित


काठमाडाैँ, २७ पुस :
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको नयाँ नेतृत्वमा माणिकरत्न शाक्य निर्वाचित हुनुभएको छ । महासङ्घको आइतबार सम्पन्न आठौँ वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशनबाट शाक्य अध्यक्षमा निर्वाचित हुनुभएको हो । 

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षहरुमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित हुनुभएको छ । एसोसिएट्स उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्वयमा किरणभाइ बज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित र प्रवक्तामा मनोजकुमार शाह तथा सहकोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित हुनुभएको छ । 

साधारणसभाको गएकाे शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ २०६९ साल फागुुन २० गते विधिवत्रुपमा दर्ता भएको नेपालभरिका सुनचाँदी व्यवसायीको छाता सङ्गठन हो ।

देशको सङ्घीय संरचनाअनुरुप सातैवटा प्रदेशमा प्रदेश महासङ्घका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला/नगर सङ्घको अलावा एसोसिएट्स सदस्य तथा वस्तुगत सङ्घहरु यस महासङ्घमा आबद्ध छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.