सुनको मूल्यमा ८०० ले गिरावट - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 11 January 2021

सुनको मूल्यमा ८०० ले गिरावट


काठमाडौं, २७ पुस :
तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९१ हजार ७०० तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो ।

चाँदी तोलामा रु ४० ले घटेको छ ।

आइतबार रु एक हजार २७० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.