नेशनल मेडिकल कलेजले रामद्वयको परीक्षा रोकेकोमा डा. केसीको आपत्ति - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 12 January 2021

नेशनल मेडिकल कलेजले रामद्वयको परीक्षा रोकेकोमा डा. केसीको आपत्ति


काठमाडौँ, २८ पुस :
डा. गोविन्द केसीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजका विद्यार्थीहरू रामजी राम र पंकजकुमार रामको परीक्षा रोकेकोमा आपत्ति जनाउनुभएकाे छ । उनीहरूलाई एमबीबीएसको चौँथो तहको सोमबारको परीक्षा दिन कलेजले रोक लगाएको थियो । शुल्क नतिरेको भन्दै परीक्षा दिन रोक लगाइएको हो । 

मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै उहाँले भन्नुभएकाे छ – मेडिकल क्षेत्रको माफियाकरण गर्ने मुख्य पात्रहरूमध्ये एक बसरुद्धिन अन्सारी प्रधानमन्त्री केपी ओलीद्वारा संरक्षित मेडिकल कलेज संचालक तथा नेकपा नेता रहेको कसैबाट लुकेको छैन । उनको यस्तो अराजक गतिविधिप्रति चिकित्सा शिक्षा आयोग र त्रिवि आइओएमले देखाएको कमजोर व्यवहारप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

अवैध रकम असुली गर्ने कलेज सञ्‍चालकलाई फौजदारी मुद्दा चलाउन सम्बन्धित निकायको ध्यान जानुपर्ने उहाँकाे भनाइ छ ।

नियामक निकायलाई नेटेर्ने तथा अवैध असुली गर्ने कलेजहरुको सम्बन्धन खारेजसम्मको निर्णय गर्ने अधिकार र जिम्मेवारी लिएका निकायले खाली कागजी निर्णय मात्रै गर्ने र तिनलाई कार्यान्वयन गराउन नसक्नु लाजमर्दो अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयाे । साथै, चिकित्सा शिक्षा आयोग र त्रिवि आइओएमले देखाएको कमजोर व्यवहारप्रति आफ्नो ध्यानाकार्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ ।

त्यसैले बुधबारदेखि दुवै विद्यार्थीको सबै विषयको परीक्षा सुचारु गराउन, छुटेको विषयको विशेष परीक्षा लिने व्यवस्था गराउन तथा नेशनल मेडिकल कलेज लगायत अवैध रुपमा थप शुल्क असुल गर्ने मेडिकल कलेजहरूको सिट कटौतीदेखि सम्बन्धन खारेजसम्मको प्रक्रिया अघि बढाउन त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गराउनुभएकाे छ ।

यता चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले कलेजसँग यस विषयमा स्पष्टीकरण सोधेको छ । 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.