भरतपुर, ७ पुस : कोरोना कहरले थला परेको पर्यटन व्यवसाय उकास्न ‘घुमौँ सौराहा’ अभियान सुरु गरिने भएको छ । सौराहाको पर्यटन प्रवद्र्धनका लागि क्षेत्रीय होटल सङ्घले ‘घुमौँ सौराहा’ अभियान सुरु गर्ने भएको हो ।सङ्घले पुस १० देखि देशका विभिन्न सहर पुगेर प्रवद्र्धन कार्यक्रम गर्ने तय गरेको सङ्घका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो ।
“‘घुमौँ सौराहा’ अभियान सफल बनाउन पहिलो चरणमा वीरगन्जदेखि जनकपुर हुँदै विराटनगरसम्म सौराहाको प्रचारप्रसार गर्ने कार्यक्रम तय गरेका छौँ”, महासचिव थपलियाले भन्नुभयो, “सौराहाको महŒव र पर्यटनका क्षेत्रमा भइरहेका कामबारे उद्यमी, व्यवसायी र स्थानीय तहका पदाधिकारीलाई जानकारी गराइनेछ । ”
सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाले थलो परेको चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र जिल्ला समन्वय समितिका प्रमुख कृष्ण डल्लाकोटीसहितको टोली अभियानमा निस्कँदै छ ।
सौराहाका व्यवसायीले सेवा र होटलको स्तर हेरेर घुमौँ सौराहा अभियानमा २० देखि ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् ।
“कुन होटलले कुन सुविधाका लागि कति छुट दिने भन्ने हामी अभियानकै क्रममा जानकारी दिनेछौँ, जसले सौराहा घुम्न आउने पर्यटक ठगिन पाउने छैनन्”, अध्यक्ष भट्टराईले भन्नुभयो ।
पर्यटनविज्ञ विश्व सुवेदी अभियानले कोभिडले सौराहा क्षेत्रमा पारेको असर न्यून गर्न सके पलायन हँुदै गएको दक्ष जनशक्ति पुनस्र्थापित गर्न सहयोग पुग्ने बताउनुहुन्छ ।
No comments:
Post a comment