संसद् विघटन हुनुअघि नै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता ! (सांसदकाे नामसहित) - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 December 2020

संसद् विघटन हुनुअघि नै ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता ! (सांसदकाे नामसहित)


काठमाडाैँ, ५ पुस :
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराउने अन्तिम तयारी भएकोको चाल पाएपछि संसद् विघटन गरेको खुलेको छ । 

आइतबार बिहान १० बजेर ५० मिनेटमा नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैका ९० जना सांसदले प्रधानमन्त्रीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

तर साढे १० बजे नै प्रधानमन्त्रीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक डाकेर एकलौटी रूपमा संसद् विघटनको प्रस्ताव राष्ट्रपतिकाेमा पठाउनुभएको थियो । बिहान १० बजेर ५० मिनेटमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको देखिएको छ भने संसद् विघटन २ बजेर ४१ मिनेटमा भएकाे देखिन्छ । (उज्यालाे अनलाइनबाट)















No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.