खाली खुट्टा हिँड्दाका फाइदाहरु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 17 December 2020

खाली खुट्टा हिँड्दाका फाइदाहरु

 

विभिन्न विकट ठाउँहरुमा बुढा-बुढी आमा वुवाहरु खाली खुट्टा हिड्ने गरेको अझै पनि पाइन्छ गाउँका ससाना बालबालिकाहरु पनि खाली खुट्टा हिड्छन् तर हामीलाई थाहा नहुन सक्छ की खाली खुट्टा हिड्दाको फाइदा के छ भनर ?  

खाली खुट्टा हिड्नु पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ । खाली खुट्टा हिँड्दा पैतालामा भरपूर मात्रामा अक्सिजन प्राप्त हुन्छ । यसले रक्तसञ्चार सहज गराएर थकान कम गराउँछ । 

खाली खुट्टा जमिनमा हिँड्दा पनि कैयौँ फाइदा हुने अध्ययनले देखाएको छ । विशेषज्ञहरूले यसलाई ‘अर्थिङ सिद्धान्त’ नाम दिएका छन् ।

प्रकृतिको सम्पर्कमा नांगो पैताला पैदल हिँड्नेहरूमा रक्तचाप र तनाव नियन्त्रित गर्ने हर्मोन सन्तुलित हुने एक अध्ययनले देखाएको छ । 

लन्डनको वेस्टर्न युनिभर्सिटीका हेल्थ लेक्चरर गिलियन मेन्डिचका अनुसार जमिनमा पाइने कतिपय लाभदायी ब्याक्टेरियाले तनाव कम गर्ने प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन् ।

खाली खुट्टा जमिनमा हिँड्दा मांसपेशी सक्रिय हुने, धर्तीको पूरा ऊर्जा शरीरमा सञ्चारित हुने जस्ता फाइदा पुग्ने विज्ञहरू बताउँछन् । यसबाट जोर्नीको दुखाइ, अनिद्रा र मुटुसम्बन्धी समस्यामा कम हुने विज्ञहरुको तर्क छ ।एजेन्सी

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.