मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी, पूर्वमाओवादीतर्फका नेताहरू मन्त्री बन्दै - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 25 December 2020

मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी, पूर्वमाओवादीतर्फका नेताहरू मन्त्री बन्दै


काठमाडाैँ, १० पुस :
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै सात जना मन्त्रीले राजीनामा दिएकाले रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्री ओलीले मन्त्री नियुक्तिको तयारी गर्नुभएको हो । 

पूर्वमाओवादीतर्फका टोपबहादुर रायमाझी, प्रभु शाह, दावा तामाङ, गौरीशङ्कर चौधरी, मणि थापालगायतका नेताहरूलाई मन्त्री नियुक्त गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ । 

नयाँ थपिएका मन्त्रीहरूलाई अहिले बेलुकी साढे ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ खुवाउने कार्यक्रम रहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.