यसरी भएका थिए विगतमा संसद विघटन - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 21 December 2020

यसरी भएका थिए विगतमा संसद विघटन


काठमाडौं, ६ पुस :
वर्तमान सरकारले संसदको विघटनको सिफारिस गरेर संसद विघटन भएपछि यतिखेर विभिन्न पाटोबाट प्रतिक्रियाहरु आएका छन् । नेपालमा पहिलोपटक पार्टीभित्रकै आन्तरिक कलहका कारण तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा संसद विघटन गर्नु भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको आन्तरिक असमझदारीका कारण संसदको विघटनका लागी सिफारिस गरेसँगै वर्तमान संसदको अवधि २ वर्ष अधिनै समाप्त भएको छ।

२०७२ सालको मंसिरमा सम्पन्न आम निर्वाचनबाट सबै भन्दा ठूलो दलको नेताको हैसियतमा तत्कालिन नेकपा एमालेका सैसदीय दलका नर्ता केपी शर्मा ओली प्रधानमन्त्री बन्नु भएको थियो।

सो निर्वाचनमा तत्कालिन नेकपा एमाले १ सय २१, नेपाली कांग्रेसले ६३ तत्कालिन नेकपा माओवादी केन्द्रले ५३ ,राष्ट्रिय जनता पार्टी नेपालले १७, संघीय समाजवादी फोरमले १७ ,राष्ट्रिय प्रजातन्त्र पार्टीले १, तत्कालिन नयाँ शक्ति पार्टीले १, नेपाल मजदूर किसान पार्टीले १ र स्वतन्त्र १ ले विजय हासिल गर्नु भएको थियो ।

२०७५ साल जेठ ३मा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच पार्टी एकिकरण भएको थियो । दुवै पार्टीको एकिकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदमा १ सय ७६जना सांसद रहनु भएको थियो ।

नेपालमा पार्टी भित्रकै आन्तरिक कलहका कारण तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा २०५१ सालमा संसद विघटन गर्नु भएको थियो।

त्यसै गरी तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५४ सालमा संसद विघटन गर्नु भएको थियो ।

सो निर्णय पछि सर्वोच्चबाट बदर भएको थियो । २०५९ सालमा पनि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि संसद विघटन गर्नु भएको थियो।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा २०६९ सालमा पहिलो संविधानसभाको म्याद नथपिए पछि पहिलो संविधान सभा स्वत विघटन भएको थियो।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.