वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबारे रिपाेर्टिङ गर्ने चिनियाँ पत्रकारलाई ४ वर्षकाे जेल सजाय - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 28 December 2020

वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबारे रिपाेर्टिङ गर्ने चिनियाँ पत्रकारलाई ४ वर्षकाे जेल सजाय


काठमाडाैँ, १३ पुस :
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबारे रिपोर्टिङ गर्ने एक जना पत्रकारलाई जेल सजाय सुनाइएको छ । ३७ वर्षीया पत्रकार झाङ्ग झानलाई चार वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।

रिपोर्टिङका क्रममा झगडा गरेको र समस्यालाई उकासेको आरोपमा दोषी ठहर गर्दै पत्रकार झाङ्गलाई जेल सजाय सुनाइएको खबरमा उल्लेख छ । उहाँमाथि परेको रिट निवेदनको सुनुवाइका क्रममा उहाँका समर्थकले अदालतबाहिर प्रदर्शन गरेका थिए ।

यसअघि झाङ्गलाई गएको मे महिनामा हिरासतमा लिइएको थियो । आफूलाई हिरासतमा लिएको विरुद्ध उहाँले भोक हड्ताल सुरु गर्नुभएको थियो । झाङ्गको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको वकिलहरुले बताएका छन् ।

चीन सरकारमाथि स्वतन्त्र रुपमा कुनै पनि समाचार र रिपोर्टिङ गर्न नदिइने आरोप लाग्दै आएको छ । कोरोना भाइरसलाई लिएर सरकारको नीतिमाथि प्रश्न गर्नेलाई कारबाही हुने गरेको खबरमा उल्लेख छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.