सप्तरीमा आगलागी हुँदा एक जनाको मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 18 December 2020

सप्तरीमा आगलागी हुँदा एक जनाको मृत्यु


राजविराज, ३ पुस  :
सप्तरीको राजविराज नगरपालिका १६ बोरियमा शुक्रबार बिहान आगलागी भएको छ । सो आगलागीमा परी एक बृद्धको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बिहान करिब ४ बजेको समयमा विद्युत सर्ट भएर गोठ घरमा आगलागीमा परेर ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीको प्रवक्ता प्रहरी नायब उपरीक्षक भूवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो । आगलागी भएको बेला यादव गोठ घरमै सुतिरहनुभएको थियो । अचानक आगलागी भएपछि यादव भाग्न नसकेर र आगो निकै सल्किएको कारण बचाउन प्रयास गर्दा पनि नसकेर जलेको पीडित परिवारले बताएको छ ।

घटनास्थलसहित मृतक शवको मुचुल्का गरी पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाइएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक साहले जानकारी दिनुभयो ।

सो आगलागीमा करिब एक लाख मूल्य बराबरको सम्पति जलेर नष्ट भएको बताइएको छ । नेपाल प्रहरी, बारुणयन्त्र र स्थानीयवासिन्दाको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.