आगोले जलेर मृत्यु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 24 December 2020

आगोले जलेर मृत्यु


कञ्चनपुर, ९ पुस :
पुनर्वास नगरपालिका –६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आगोमा जलेर सख्त घाइते थापाको उपचारका लागि धनगढीतर्फ लग्दै गरेका बेला बाटामै मृत्यु भएको हो । 

थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुग्नुभएको थियो । एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.