बेलायतबाट नेपाल आउने यात्रुलाई नेपाल प्रवेशमा रोक - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 22 December 2020

बेलायतबाट नेपाल आउने यात्रुलाई नेपाल प्रवेशमा रोक


काठमाडौँ, ७ पुस :
सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यात्रा प्रतिबन्ध ‘ट्राभल रेस्टिरेसन’ जारी गर्दै बेलायतमा कोभिड–१९ ले स्वरुप बदलेसँगै सङ्क्रमण तीव्र भएकाले त्यहाँबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको जनाएको छ । 

क्यानले नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यस्तो निर्देशन दिएको हो । अब बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन पाउने छैनन् । बेलायतमा सङ्क्रमण तीव्र भएपछि विश्वका कैयौँ देशले उडानमा प्रतिबन्ध घोषणा गरिएको जनाइएका छन् । युरोपेली मुलुक, मध्यपूर्वी तथा कतिपय एशियाली मुलुकले समेत उडान प्रतिबन्ध गरिसकेका छन् ।(रासस) 

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.