संसद् सक्रिय रहेको आदेशको माग गर्दै नेकपाका सांसद सर्वोच्चमा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 22 December 2020

संसद् सक्रिय रहेको आदेशको माग गर्दै नेकपाका सांसद सर्वोच्चमा


काठमाडाैँ, ७ पुस :
संसद् विघटनको निर्णय खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

नेकपाका प्रमुख सचेतक देव गुरुङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले संसद् विघटनको निर्णय खारेज गरेर संसद् सक्रिय रहेको आदेश दिन माग गर्दै सर्वाेच्चमा रिट निवेदन दर्ता गराएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

नेकपाका एक सय १४ जनाको नामबाट सांसद सर्वोच्च जाने तयारी भए पनि सबैको नागरिकता र हस्ताक्षर जुटाउन समय लाग्ने भएकाले चार जना मात्रै सर्वोच्चमा पुगेर रिट दर्ता गराएको नेतृ रामकुमारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार संसद् विघटन गरेर २०७८ सालको वैशाख १७ र २७ गते चुनाव गर्नको लागि स्वीकृति दिइसक्नुभएको छ ।

संसद् विघटन गर्ने निर्णयको विरुद्धमा सर्वोच्चमा एक दर्जनभन्दा धेरै रिट दर्ता भएका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.