संसद विघटन राजनीतिक ‘कू’: वैज्ञानिक समाजवादी पार्टी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 December 2020

संसद विघटन राजनीतिक ‘कू’: वैज्ञानिक समाजवादी पार्टी


काठमाडौं, ५ पुस :
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर राजनीतिक ‘कू’को रिहर्सल गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले जनाएको छ ।

पार्टीका संयोजक आहुतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले हुँदै नभएको अधिकार प्रयोग गरी संसद विघटनको सिफारिस गर्नु र राष्ट्रपतिले तुरुन्तै प्रतिनिधिसभा विघटन गर्नु एक प्रकारको राजनीतिक ‘कु’को रिहर्सल हो, प्रतिगामी कदम हो ।’

यस घटनाबाट संविधान, नियम र मान्यताहरू देखाउने दाँत मात्र भएको पुष्ट भएको विज्ञप्तिमा उल्लेख छ । सरकारको यस कदमको भत्र्सना गर्दै यसविरुद्ध संघर्षमा उत्रिन पार्टीले सबैलाई आग्रह गरेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.