जनकपुरको मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 24 December 2020

जनकपुरको मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी


जनकपुरधाम, ९ पुस :
जनकपुरधामको मिथिला डिपार्टमेन्ट स्टोरमा आगलागी भएको छ । बिहीबार बिहान साढे १० बजेदेखि लागेकाे आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । 

आगो निभाउन जनकपुर विमानस्थलको वारुण यन्त्रसहित चार वटा वारुण यन्त्रले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयाे । 

जनकपुरधाम उपमहानगरपालिकको वारुण यन्त्र खराब भएपछि अन्य नगरपालिकाका वारुण यन्त्र जनकपुर ल्याएर आगो निधाउने प्रयास गरिएको बस्नेतले बताउनुभयाे ।

जनकपुरधामको शिव चोकस्थित मिथिला डिपार्टमेन्ट स्टोरको पहिलो तल्लाबाट आगलागी सुरु भएको थियो । आगलागीबाट पहिलो तल्ला र दोस्रो तलामा भएका पसलका सामान जलेर पूणरुपमा नष्ट भएको छ । 

भुइतलामा रहेका सामन सुरक्षित स्थानमा सारिएको छ । क्षतिको विवरण आउन बाँकी छ । मिथिला डिपार्टमेन्ट स्टोर जनकपुरका पुरानो डिपार्टमेन्ट स्टोर हो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.