चिसोले कठ्याङग्रियो तराई - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 19 December 2020

चिसोले कठ्याङग्रियो तराई


सर्लाही, ४ पुस :
चिसो ह्वात्तै बढ्दा तराई मधेसका जिल्लाहरुको जनजीवन अत्यन्त प्रभावित बनेको छ ।तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर चिसो हावा चल्दा जनजीवन थप कष्टकर बनेको हो । यस क्षेत्रमा दिउँसोपख केहीबेर पारिलो घाम लागे पनि अरु बेला ठि-याउँदो चिसो हुन्छ । दिनहुँ तापक्रम घटिरहेको छ ।

तराई क्षेत्रमा शुक्रवारदेखि ह्वात्तै चिसो बढेर बाक्लो हुस्सु लाग्न थालेको हो । चिसो छल्न ग्रामीण भेगका स्थानीयहरु घर तथा चोक चौतारामा आगो बालेर तापिरहेका छन् । न्यानो कपडा नभएका अति विपन्न, गरिब र पिछडिएको दलित परिवार बढ्दो चिसोले कठ्याङग्रिएका छन् । मजदुर र किसानलाई दैनिक कामकाजमा निस्कन मुस्किल परिरहेको छ ।

बिहान–बेलुकाको छाक टार्न दिनहुँ अरुकोमा मजदुरी गर्न जानुपर्ने परिवारहरुको यो चिसोमा बिजोग भएको छ । विपन्न परिवारलाई चिसोबाट बचाउन जिल्लामा अहिलेसम्म कुनै पनि स्थानीय तह तथा अन्य सरोकारवाला निकायले चासो दिएका छैनन् ।

बढ्दो चिसोले पशुपंक्षी पनि प्रभावित भएका किसानहरुले बताएका छन् । हुस्सु र शीतलहरले आलु, गोलभेँडा, तोरी, मुसुरो, चना लगायतका बालीमा प्रकोप देखिने चिन्ताले किसानहरु पिरोलिएका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.