प्रधानमन्त्री ओलीलाई नेकपाले गरेको कारबाहीको पत्र निर्वाचन आयोगमा - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Monday, 21 December 2020

प्रधानमन्त्री ओलीलाई नेकपाले गरेको कारबाहीको पत्र निर्वाचन आयोगमा


काठमाडाैँ, ६ पुस :
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले गरेको कारबाहीको पत्र निर्वाचन आयोगमा पुगेको छ ।

आइतबारकाे बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो, त्यसको व्योहोरासहितको पत्र स्थायी कमिटीका सदस्य लिलामणि पोख्रेलले निर्वाचन आयोगमा जानकारी गराउनुभएको छ ।

पत्रमा ओलीले पार्टीको निर्णय विपरीत गैरसंवैधानिक काम गरेकाले कारबाही गरिएको उल्लेख छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र यसको जानकारी ७ गते मङ्गलबार बस्ने केन्द्रीय समितिको बैठकलाई गराउने निर्णय गरेको थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.