२४ घण्टामा थपिए ७८२ जना कोरोना संक्रमित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 18 December 2020

२४ घण्टामा थपिए ७८२ जना कोरोना संक्रमित


काठमाडौं, ३ पुस :
नेपालमा आज थप ७८२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५७०६ जनाको पीसीआर परीक्षणमा ७८२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १०२९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४१ हजार ३ सय ९२ जना छन् । नेपालमा निको हुने दर ९५ दशमलव ६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १७६५ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा २८७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना संक्रमित थपिए ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.