२४ घण्टामा थपिए ७१० जना कोरोना संक्रमित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 19 December 2020

२४ घण्टामा थपिए ७१० जना कोरोना संक्रमित


काठमाडौं, ४ पुस :
नेपालमा आज थप ७१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ११७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४२ हजार ५ सय ७६ जना छन् । नेपालमा निको हुने दर ९५ दशमलव ६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १७७७ रहेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.