६५८८ जनाको पीसीआर परीक्षण गर्दा ७७६ जनामा कोरोना संक्रमण - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 17 December 2020

६५८८ जनाको पीसीआर परीक्षण गर्दा ७७६ जनामा कोरोना संक्रमण


काठमाडौं, २ पुस :
नेपालमा आज थप ७७६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६५८८ जनाको पीसीआर परीक्षणमा ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ९४७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ४० हजार ३ सय ६३ जना छन् । नेपालमा निको हुने दर ९५ दशमलव ४ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १७४९ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३६३ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २७३, भक्तपुरमा ४० र ललितपुरमा ४५ जना संक्रमित थपिए ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.