तराईमा बाक्लो हुस्सु - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Wednesday, 23 December 2020

तराईमा बाक्लो हुस्सु


काठमाडाैँ, ८ पुस :
पश्चिमी वायुको प्रभावका कारण अहिले प्रदेश एक बाहेकका ठाउँमा आंशिक बदली भइरहेको छ । अहिले गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

उहाँका अनुसार बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको छ । आज देशका केहि ठाउँहरुमा आंशिक बदली हुने र भोलिदेखि केहि दिन मौसम सफा रहने मौसमविद् मानन्धरले बताउनुभयो । आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्रीमा झरेको थियो । आज अधिकतम तापक्रम १८–२० डिग्री पुग्ने संभावना छ ।

भोलिबाट भने केहिदिन मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यहि मौसमी प्रणाली रहिरहे तत्काल तराईमा शितलहरको सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाई छ । आज राति वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी स्थानमा मौसम सफा रहनेछ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.