जीप दुर्घटनामा चालकको मृत्यु, तीनजना घाइते - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 24 December 2020

जीप दुर्घटनामा चालकको मृत्यु, तीनजना घाइते


बैतडी, ९ पुस :
बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । धनगढीबाट बझाङतर्फ गईरहेको जिप सुर्नया गाउँपालीका–७ आलुगैरामा दुर्घटना हुँदा चालक बझाङ बुङ्गलका धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । बैतडीको पुर्चौडी नगरपालिका ४ भटनाका ३५ बर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० बर्षीय गंगादत्त भट्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक धामीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । जीप सडकबाट करीब १५० मिटर तल खसेको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.