बैतडीमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, चालक घाईते - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 December 2020

बैतडीमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, चालक घाईते


बैतडी, ५ पुस :
शनिबार अपरान्ह बैतडीको मेलौलीनगरपालिका–९, मा ट्याक्टर दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय अर्का नारायण भट्टको मृत्यु भएको छ । दुर्घटनामा चालक घाईते भएका छन् ।

शनिबार ४ः३० बजेको समयमा मेलौलीनगरपालिका –९ , स्थित भित्री सडक खण्डको असुरबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नं. को खाली ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट १०० मिटर तल भीरमा खसेको छ ।

दुर्घटनामा परि मृत्यु हुनेमा मेलौलीनगरपालिका–९,तल्लागाउँका नारायण भट्ट र थपाल्लेक गाउँकाअर्का नारायण भट्ट गरि दुई जनाको जनाको ज्यानगएको छ ।दुर्घटनामा घाईते चालक कैलालीको गौरीगंगानगरपालिका–३, का २५ वर्षिय अमृत चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । घाईते चालकको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । 

दुईमहिनाको अवधिका बैतडीका २० जनाले सडक दुर्घटनामा ज्यानगुमाएका छन् भने ६० जना घाईते भएका छन् ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.