अटो दुर्घटनामा एकजनाको मृत्यु, ४ जना गम्भीर घाइते - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 19 December 2020

अटो दुर्घटनामा एकजनाको मृत्यु, ४ जना गम्भीर घाइते


गुल्मी, ४ पुस :
गुल्मीमा गएराती भएको अटो दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बर को अटो दुर्घटनामा चालक रेसुङ्गा नगरपालिका–१२ का तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गौडाकोटबाट तम्घासतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।

अटोमा सवार घाइते ४ जना मध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ । दुर्घटनाको थाहापाएपछि नजिकै रहेको शसस्त्र प्रहरी वल ३७ नम्बर गुल्मका प्रहरी निरिक्षक नारायणप्रसाद सेढाईसहितको प्रहरी टोलीले उद्घार गरेका थिए ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.