भिटामिन ‘सी’ को कमी छ? जाडो मौसममा लाग्नसक्छन् यस्ता रोग - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 December 2020

भिटामिन ‘सी’ को कमी छ? जाडो मौसममा लाग्नसक्छन् यस्ता रोग


भिटामिन ‘सी’ हाम्रो शरीरका लागि निकै महत्वपूर्ण पोषक तत्व हो। यसले हाम्रो स्वास्थ्यमा थुप्रै फाइदा पुर्‍याउँछ।
यसमा भिटामिन ‘ई’ को जस्तै शरीरमा अन्य एन्टिअक्सिडेन्ट कार्यलाई बढाउने क्षमता हुन्छ। जो फ्री रेडिकल्सबाट हुने क्षतिलाई कम गर्छ। यसका अलावा भिटामिन ‘सी’ रोग प्रतिरोधात्मक क्षमता अर्थात इम्युनिटी पावरमासमेत सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्छ।

मानिसले रुघा लाग्दा भिटामिन ‘सी’ युक्त खानेकुरामा त्यति ध्यान दिएका हुँदैनन्।

जसले गर्दा शरीरमा भिटामिन ‘सी’ को कमी हुन पुग्छ। र, थुप्रै अन्य रोगको पनि सामना गर्नुपर्छ।

त्यसैले भिटामिन ‘सी’ को कमीले शरीरमा कुन-कुन रोगको खतरा हुन्छ भन्ने कुरा बुझ्न जरुरी हुन्छ।

शरीरमा भिटामिन ‘सी’ को कमी भयो भने सामान्य कुरामा पनि झर्किने स्वभाव बढ्ने, भोक नलाग्ने, तौल कम हुने, कमजोरी महशुस हुने, खुट्टामा पीडा महशुस हुनुका साथै थकान लाग्ने हुन्छ।

यदि शरीरमा भिटामिन ‘सी’ को कमी भयो भने क्यान्सर जस्तो खतरनाक रोग लाग्ने पनि जोखिम पनि हुन्छ।

शरीरमा यसको कमीले मुटु सम्बन्धी रोगका जोखिम बढ्नुका साथै हिस्टामाइनको उत्पादनमा कमी आउँछ र यसको कमीले स्वास सम्बन्धी समस्या बढ्ने जोखिम हुन्छ।

एलर्जी र तनावको समस्या हुनुका साथै जाडो मौसममा शरीर दुख्ने समस्या पनि ‘सी’ काे कमीले पैदा हुनसक्छ।

भिटामिन ‘सी’ को नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको स्तर घटाउन मद्दत पुग्छ।

जसले गर्दा हृदय सम्बन्धी विरामीको जोखिमलाई कम गर्न टेवा पुग्छ। त्यसैले मानिसले स्वस्थ रहनका लागि शरीरमा भिटामिन ‘सी’ को कमी हुन दिनु हुँदैन।

यसको कमी हुन नदिनका लागि अमला, सुन्तला, किसमिसलगायतका फलफूल खानुपर्छ। जसले शरीरमा भिटामिन सीको कमी हुन दिँदैनन्।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.