अध्यक्ष ओलीले बोलाएको बैठकमा नेता टोपबहादुर र मणी थापा पनि सहभागी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Tuesday, 22 December 2020

अध्यक्ष ओलीले बोलाएको बैठकमा नेता टोपबहादुर र मणी थापा पनि सहभागी


काठमाडौं, ७ पुस :
पूर्वमाओवादी समूहका नेताद्वय मणि थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकका लागि बालुवाटार पुगेका छन् । अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल समूहले छुट्टाछुट्टै बैठक बोलाएका थिए । बैठकमा सहभागी हुन थापा र रायमाझी बालुवाटार पुगेका छन् ।

त्यस्तै पछिल्‍लो नेकपाको विवादमा मौन बसेका हरिबोल गजुरेल भने ओलीले बोलाएको बैठकमा उपस्थित भएका छैनन् । गजुरेल निकट नेताहरुका अनुसार उनी आज दाहाल समूहले बोलाएको बैठकमा सहभागी हुनेछन् । त्यस्तै मन्त्रीसमेत रहेका लेखराज भट्ट यसअघि नै ओली समूहका कार्यक्रममा सहभागी भएका थिए ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.