बीबीसीकाे मास्टरसेफ दि प्रोफेसनल्सकाे प्रतिस्पर्धामा नेपाली सेफ सन्तोष साह उपविजेतामा सीमित - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 18 December 2020

बीबीसीकाे मास्टरसेफ दि प्रोफेसनल्सकाे प्रतिस्पर्धामा नेपाली सेफ सन्तोष साह उपविजेतामा सीमित


काठमाडाैँ, ३ पुस :
बीबीसी वानबाट प्रसारित मास्टरसेफ दि प्रोफेसनल्स् २०२० को उपाधि बेलायतको एसेक्सका एलेक्स वेवले जित्नुभएको छ । बिहीबार राति भएको अन्तिम प्रतिस्पर्धामा बेलायतमा बसोवास गर्ने नेपालका सन्तोष साह र नेदरल्याण्डका वार्ट भान डर लीलाई पछि पार्दै २५ वर्षीय एलेक्स मास्टर सेफको विजेता बन्न सफलहुनुभयो ।हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित अन्तर्राष्टियस्तरको यस प्रतियोगितामा सहभागी ३२ व्यावसायिक सेफहरुमध्ये तीन जनाले अन्तिम प्रतिस्पर्धामा आफ्नो स्थान बनाउन सफल हुनुभएको थियो । नेपाली ढाका टोपीमा देखिनुभएका ३५ वर्षीय साहले अन्तिम प्रतिस्पर्धामा चरेशको थालमा भैँसीको मासु, खोले साग, भेडाको गिदीलगायतका परिकार पस्कनुभएको थियो ।

प्रतियोगिताका विभिन्न चरणमा साहले योमरी, क्रिस्पी, चिकेन चिल्ली, सी विडको अचार, भेजिटेबल अचार, खरायोको मासु,कोदोको खीर, आँपको कुल्फी आँपको अमौरा बनाएर निर्णायकको मन जित्नुभएको थियो । सेमिफाइनलको पछिल्लो चरणमा साहले नेपालको हिमाली कुइजिनबाट प्रेरित रोस्टेड काँक्राको बियाँ, प्याजको अचार, स्याउको चटनीलगायत परिकार बनाउनुभएको थियो । यसैगरी विभिन्न चरणमा सिस्नो र आलुको तरकारी, बेथेको साग, भाङको चटनी, मकैको रोटी, तामाको अचार जस्ता नेपालका मौलिकखानाका परिकार पस्कनुभएको थियो ।

साहले लण्डनका चर्चित सेफहरुसँग प्रशिक्षण लिनुका साथै सँगै काम गरेको अनुभव छ । नेपालको सिराहाको जिल्लाको कर्जन्हा घर भएका साह सानो उमेरमै कामको खोजीमा भारत जानुभएको थियो । भारतको गुजरातमा किचन पोर्टरबाट शुरु भएको उहाँको सङ्घर्ष भारतको पाँचतारे होटल हुँदै एक दशकअघि लण्डनका चर्चित रेष्टुरेण्टसम्म पुगेको हो । हाल उहाँ लण्डनको एक रेष्टुरेष्टमा हेड सेफको रुपमाकार्यरत हुनुहुन्छ । प्रतियोगिताको फाइनलमा पुग्नुभएका अर्का प्रतिस्पर्धी ली लण्डनमै सेफको रुपमा कार्यरत हुनुहन्छ । प्रतियोगितामार्फत नेपालका विभिन्न परिकारलाई अन्तर्राष्टियस्तरमा परिचत गराउन आफू सफल भएको साहले बताउनुभएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.