जन्मदिन : सविता बस्नेत दानी - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Saturday, 19 December 2020

जन्मदिन : सविता बस्नेत दानी



मेरो प्यारो जन्मदिन
आज मेरो सबै भन्दा प्यारो दिन, 
मेरो आफ्नो दिन
अरु दिन म उठ्दा 
मामु बाबा म सँग कोहि हुनुहुन्न 
तर आज मेरो सबै परिवार म कति बेला उठ्छु 
भनेर कुरि रहनु हुन्छ, 
आज त भान्सामा सबै मेरै मन पर्ने खाना पाक्छ
चक्लेट, केक आइसक्रिम प्राउन जुस 
सबै मलाई मन पर्ने खान पाइन्छ
आज त घरमा पुजा पनि मेरै लागि गरेको रे
राम्रो नया नाना लगाएर बिहानै देखि 
कति राम्रो देखिएको छु
मन्दिर पनि जानू छ
देउती माता सँग धेरै आशिर्वाद माग्नु छ 
ओहो! आज त कति धेरै काम छ 
स्कुलमा पनि त बर्ड डे मनाउन छ,
साथीहरूलाई चकलेट बाड्न छ 
सर म्यामले पनि कति माया गर्नु हुन्छ
आज त स्कुल ड्रेस पनि लगाउन पर्दैन 
सबै साथीहरुलाई मेरो नया कपडा 
देखाउन पाइन्छ ।
आहा कति राम्रो हुन्छ मेरो कोठा

बेलुनै बेलुनले सजाएको 
बर्ष भरि मेरी दिदिले
आफ्नो पकेट खर्च जोगाएर उपहार किनि दिएको 
काका काकि हजुरबुवा हजुरमा मामामाइजु 
अकंल आन्टी साथि सबैले दिएको पोकामा के के होला 
आहा कति रमाइलो मेरो जन्मदिन 
अब फेरि कहिले आउने होला
भर्खरै त आज आएको थियो
यति छिट्टै किन गाको होला
फेरि म मेरा औला भाचि भाचि तिमी आउने दिन गन्ने छु,
तिमी छिट्टै आउनु है मेरो प्यारो जन्मदिन ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.