अदालतले हाम्राे पक्षमा फैसला सुनाउने विश्वास छ : प्रचण्ड - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Friday, 25 December 2020

अदालतले हाम्राे पक्षमा फैसला सुनाउने विश्वास छ : प्रचण्ड


काठमाडाैँ, १० पुस :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा भङ्ग गर्ने निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने बताउनुभएको छ । 

काठमाडाैँको बबरमहलमा रहेको एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले जालझेल गरी प्रतिनिधि सभा भङ्ग गरेको भन्दै शान्तिपूर्ण सशक्त आन्दोलनमार्फत यो कदमलाई परास्त गरेरै छोड्ने दाबी गर्नुभयो । 

उहाँले प्रतिनिधि सभा विघटन हुनु इतिहासकै कालो दिन भएको भन्दै निरङ्कुश कदमविरुद्ध डटेर लड्ने बताउनुभयो । यस्तै उहाँले लामो सङ्घर्ष र हजारौँ नागरिकको बलिदानबाट प्राप्त संविधान र गणतन्त्रको रक्षा गर्ने दायित्व आएको बताउनुभयो । 

प्रतिनिधि सभा भङ्ग भएको विषय सर्वोच्च अदालतसम्म पुगेको र आफूलाई न्यायालयप्रति भरोसा भएको पनि बताउनुभयो । उहाँले अदालतले सरकारको विपक्षमा नै फैसला सुनाउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.