नेकपा अध्यक्ष प्रचण्डसँग चिनियाँ राजदूत यान्छीको भेट - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Thursday, 24 December 2020

नेकपा अध्यक्ष प्रचण्डसँग चिनियाँ राजदूत यान्छीको भेट


काठमाडौं, 
९ पुस  : नेकपा (प्रचण्ड-नेपाल समुह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गर्नुभएको छ । आज विहान अध्यक्ष प्रचण्डसँग यान्छीको भेट भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

राजदूत यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न ९ बजेतिर प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । अध्यक्ष प्रचण्ड र यान्छीबीच नेकपामा देखिएको पछिल्लो संकटका विषयमा करिब आधा घण्टा छलफल भएको सापकोटाले बताउनुभयो । यसअघि राजदूत यान्छी राष्ट्रपति विद्या भण्डारीलाई पनि भेटेर समसामयिक विषयमा छलफल गर्नुभएको समाचार सर्वजनिक भएकाे थियो ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.