ओली पक्षका सांसदहरुको बैठक भोलि बिहान बस्ने - फरक सन्देश-Pharak Sandesh-फरक सन्देश

मुख्य समाचार

Sunday, 20 December 2020

ओली पक्षका सांसदहरुको बैठक भोलि बिहान बस्ने


काठमाडौं , ५ पुस :
प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले सांसदहरुको भेला बोलाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि आफ्नो पक्षका सांसदहरुको बैठक बोलाएको छ । बालुवाटार स्रोतका अनुसार भोलि विहान ९ बजे विघटित प्रतिनिधिसभाका सांसद र राष्ट्रिय सभाका सदस्यहरुको संयुक्त बैठक बोलाइएको छ ।

प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरुको बैठक पनि भोलिनै संसद भवनमा बोलाइएको छ । केपी ओली पक्षले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे भने कुनै निर्णय गरेको छैन ।

पार्टी फुटाएको सन्देश जान नदिन प्रधानमन्त्री आफ्नो तर्फबाट एकपक्षीय बैठक बोलाउन आतूर नरहेको तर अर्को पक्षको कदम हेरेर थप निर्णय लिने पक्षमा रहेको निकट स्रोतले जनाएको छ ।

No comments:

Post a comment

Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.